View this site in English
      
होमपेज| ईमेल चेक  
 
  जनमत
  जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?

   इन्टरनेट सर्वसुलभ हुनुपर्छ ।
   सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ ।
   कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ ।

सूचनापाटी

जिविस भक्तपुर - २०६८-०४-२४

 
महत्वपुर्ण फोन नम्बरहरु
 
  जि.वि.स. एम्बुलेन्स : ६६११०९३ मोवाईल-९८४१३९५१९९
भक्तपुर नगरपालिका एम्बुलेन्स : ६६१३२००
मध्यपुर एम्बुलेन्स : ६६३१०००
नगरकोट सामुदायिक स्वास्थ्य केन्द्र : ६८०००७८
 


बोलपत्र
  हाड,छाला,सि‌ सम्बन्धी ठेक्का - २०६८-१०-२६
----------------------------------------------------------------------------------------------------------------------------------------------

नेपाल सरकार

स्थानीय विकास मन्त्रालय
भक्तपुर,काठमाण्डौं र ललितपुर जिल्ला विकास समितिको
संयुक्त समितिको कार्यालय, भक्तपुर
 
हाड, सिङ, खुर, प्वाख तथा छालाको कर उठाउन सिलबन्दी  बोलपत्र आव्हानको सूचना
 
सूचना प्रकाशित मिति ०६८/१०/२६
 
     भक्तपुर काठमाण्डौं र ललितपुर जिल्ला विकास समितिको संयुक्त समितिको निर्णयानुसार भक्तपुर, काठमाण्डौ र ललितपुर  जिल्ला विकास क्षेत्रमा स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन (संशोधन सहित) नियमावली २०६४ को नियम २०७ को अनुसूची २३ को खण्ड ५ र ६ अनुसार प्रचलित कानून बमोजिम निषेधित जीव जन्तु वाहेक अन्य मृत जीव जन्तुको हाड, सिङ, खुर, प्वाँख, छालाको  आर्थिक वर्ष २०६८।६९ को २०६८ चैत्र १ देखि आ.व.२०६९।७० को २०७० आषाढ मसान्त सम्म  (सोह्र महिना ) अवधिका लागि  ठेक्का वन्दोवस्त गर्नु पर्ने भएकोले तपसील वमोजिमको मिति र समय भित्र निर्धारित निम्न दर रेटमा कर असुल गर्न संयुक्त समितिको कार्यालयबाट व्यक्ति फर्म वा संस्थाहरुले निम्न शर्तहरुको अधिनमा रही  सिलवन्दी बोलपत्र दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ ।
 
शर्तहरु
 
१.  वोलपत्र फाराम रु.३,०००।– (तीन हजार) पछि फिर्ता नहुने गरी तिरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र भक्तपुर,काठमाण्डौ र ललितपुर, जिविस र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यालय समय भित्र छुट्टा छुट्टै खरिद गर्न सकिने छ ।
 
२.   धरौटी वापत जिल्ला विकास समितिको कार्यालय भक्तपुरको नेपाल बैंक लि को ग–३–१९–५१–५७८७ खातामा स्वदेशी वोलपत्र दाता भएमा कबोल अंकको ५% र गैह्र नेपालीको हकमा १०% हुने रकम नगद दाखिला गरी भौचरको सक्कल प्रति वा नेपाल राष्ट्र बैंकवाट मान्यता प्राप्त बैंकले जि.वि.स.भक्तपुरको नाममा जारी गरेको कम्तीमा ७५ दिन म्याद भएको  विड वण्डको सक्कल प्रति संलग्न गरी वोलपत्र साथ पेश गर्नु पर्ने छ ।
 
३.   बोलपत्र प्रथम पटक सुचना प्रकाशित भएको मितिले ३१ सौं दिनको १२ बजे सम्ममा जिल्ला विकास समितिको कार्यालय भक्तपुर ,ललितपुर र काठमाण्डौ तथा जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा दर्ता गर्न सकिने छ । साथै इलेक्ट्रोनिक माध्यमवाट दर्ता गर्न चाहने बोलपत्रदाताले सम्पूर्ण कागजातहरु सहित www.edlolidar.gov.np मा समेत हेर्न र दर्ता गर्न सक्नेछ ।
 
४.   पर्न आएका सिलवन्दी वोलपत्रहरु ३१ सौ दिनको २ वजे जिल्ला विकास समितिको कार्यालय भक्तपुरमा खोलिने छ । बोलपत्र फाराम खरिद गर्ने अन्तिम दिन र  दर्ता गर्ने  दिन विदा परेमा कार्यालय खोलेको भोलिपल्ट कायम हुने छ ।  
 
५.   बोलपत्र ठेकेदार वा निजका प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । ठेकेदारका प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन ।
 
६.   बोलपत्र खरिद गर्दाका वखत नेपाली नागरिकताको प्रमाण पत्र,व्यवसायिक प्रमाण पत्र र आर्थिक वर्ष २०६७/६८ को मू.अ.कर र आयकर चुक्ता गरेको प्रमाण पत्र प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने छ ।
 
७.   वोलपत्र स्वीकृत भएको सूचना प्राप्त भएको मितिले वाटोको म्यादवाहेक ७ (सात) दिन भित्र कूल कवोल अंकको २५ प्रतिशत पहिलो किस्ता वापतको रकम संयुक्त समितिको बैंक खातामा नगद जम्मा गरी सोको भौचर वुझाउनु पर्ने र वाँकि किस्ता वापत रितपूर्वकको मान्यता प्राप्त वैंकको कम्तीमा एक वर्ष छ महिनासम्मको म्याद भएको वैंक ग्यारेन्टी ( परफरमेन्स वण्ड ) पेश गरी कवुलियत गर्न आउनुपर्नेछ । तोकिएको समयभित्र कवुलियत गर्न नआएमा वोलपत्र दाताले राखेको धरौटी जफत गरी दोस्रो वढि कवोल गर्ने वोलपत्रदातालाई कवुलियत गराउन सकिने छ ।
 
८.   कूल कवोल अंकलाई ४ किस्ता कायम गरिने छ । प्रत्येक ४।४ महिनामा किस्ता रकम अग्रिम रुपमा नगद वुझाउदै जानुपर्नेछ । ठेक्का रकमको सम्पूर्ण किस्ता एक मुष्ट बुझाएमा एक मुष्ट ५ प्रतिशत छुट दिईनेछ  ।
 
९.   ठेकेदारले नियमानुसारको मूल्य अभिवृद्धि कर उठाई आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्नेछ । कार्यआदेश पाएको मितिवाट नै ठेकेदारले उठाएको रकममा मूल्य अभिवृद्धि कर वुझाउनु पर्नेछ ।
 
१०.  नेपाल सरकार वा स्थानीय निकायलाई वुझाउनु पर्ने कर वा अन्य दस्तुर ठेकेदारले नै प्रचलित ऐन नियमानुसार सम्वन्धीत कार्यालयमा वुझाउनु पर्नेछ । प्रचलित ऐन नियम वमोजिमको अग्रिम आयकर रकम किस्ता संगै समावेश गरी वुझाउनु पर्नेछ ।
 
११.  ठेक्का अवधि २०६८ चैत्र १ गते देखि ०७० साल असार मसान्त सम्म (१६ महिना) को हुनेछ ।
 
१२.   ठेक्का अवधि समाप्त भएपछि कर कार्यालयकोे कर फुकुवा पत्र प्राप्त भएपछि मात्र धरौटी रकम फुकुवा गरिने छ । धरौटी रकमलाई किस्तामा कायम गरी समावेश गरिने छैन ।
 
१३.  ठेकेदारले संझौता तथा सूचनाको शर्त उलंघन गरेमा संयुक्त समितिले पूर्व सूचना विना पनि ठेक्का तोडि अर्को व्यवस्था गर्न सक्नेछ । सो वाट पर्न गएको हानि नोक्सानी ठेकेदारवाट प्रचलित ऐन नियम अनुसार असूल उपर गरी लिईनेछ ।
 
१४. विदेशी ठेकेदार भएमा प्रचलित ऐन नियममा व्यवस्था भए अनुसारको रित पुगेको प्रमाण सहीत टेण्डर दाखिला गर्नुपर्नेछ ।
 
१५.  कर असुली कार्यका लागि प्रचलित कानून वमोजिम तोकिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा ढाट वा तगारो (वेरिअर) राख्न पाईने छैन ।
 
१६   संयुतm समितिले तोकेको कर संकलन केन्द्रमा नै कर संकलन गर्नुपर्ने छ ।
 
१७.  वोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संयुक्त समितिमा सुरक्षित रहनेछ ।
 
१८  ठेक्काको न्युनतम अंक आ. व. ०६८।६९ को २०६८ चैत्र १ गते देखि आ.व.२०७० आषाढ मसान्त सम्मका लागि रु.९२,००,०००।– (बयांनब्बे लाख) मात्र कायम गरिएको छ ।
 
१९  यो सूचना सम्वन्धी केहि हेरफेर भएमा तीनवटै जिविसको सूचना पाटीमा टाँस गरिने छ ।
 
२०.  म्याद नाघि आएको रित नपुगेको वा शर्त राखि दर्ता गरेको वोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
 
२१   यो सूचनामा उल्लेख नभएका  अन्य कुराहरु प्रचलित ऐन नियममा व्यवस्था भए अनुसार कायम भएको मानिनेछ ।
 
२२   सूचना सम्वन्धी अन्य कुराहरु वुझ्नु परेमा संयुक्त समितिको सचिवालय जिल्ला विकास समिति भतmपुरमा कार्यालय समय भित्र वुझन सकिनेछ ।
 
२३   सिलवन्दी वोलपत्र दाखिला गर्दा अंक र अक्षर दुवै स्पष्ट संग लेखिएको हुनुपर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएमा वा सच्याईएमा केरमेट भएको ठाउमा वोलपत्र दाताको सहीछाप भएको  हुनुपर्नेछ ।
 
२४. वन्द हडताल वा चक्काजाम जस्ता मानव सृजित कारणहरुवाट सृजना हुने अवस्थाको कारण दर्शाई ठेकेदारवाट माग गरिएको कर छूट वा मिनाहाको निवेदन उपर कुनै कारवाही हुने छैन र छूट मिनाहा दिईने छैन ।
 
२५.  जिविसवाट स्वीकृत गरि दिईएको कर लिन पाउने कर योग्य वस्तुहरुको नाम तथा त्यसमा लाग्ने करको दरहरु सम्वन्धी विवरण संकलन केन्द्रमा सर्वसाधारणले देख्ने गरी सूचना वोर्ड वनाई राख्नुपर्नेछ ।
 
क्र.सं.   विवरण         गत आ.व.को वार्षिक ठेक्क अंक (रु.)   आ.व.२०६८।६९ को चैत्र १ गते देखि २०७० आषाढ मसान्त सम्म लागि न्युनतम अंक (रु.)
 
१)        हाड, सिङ,खुर,प्वाँख तथा छाला           ६५,७७,०००।–                                                    ९२,००,०००।–
 
२६ ) हाड, सिङ, खुर, प्वाँख र छालाको कर उठाउन तोकिएको दर
१) प्रचलित कानूनले निषेधित गरे बाहेकका पक्षीहरु जस्तै – हाँस, कुखुरा  जस्ता पक्षीहरुको प्वाँख     प्रति के.जी.   रु. २।–
 
२) प्रचलित कानूनले निषेधित गरे बाहेकका मरेका वा मारिएका पशुको
 
              क) हाड                                           प्रति के.जी.   रु.  १।–
 
              ख) सिङ                                           प्रति के.जी.   रु.  २।–
 
              ग) खुर                                             प्रति के.जी.   रु.  २।–
 
              घ) छाला (ठूलो)                                  प्रति गोटा     रु .३०।–
 
              ङ) छाला (सानो)                                 प्रति गोटा    रु. १५।–
 
                                                                                                                                                                                              स्थानीय विकास अधिकारी
 

 

 


----------------------------------------------------------------------------------------------------------------------------------------------
अन्तिम मिति : २०६८-११-२६

<< बाँकि बोलपत्र

 
© वि.सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित
Designed & Developed By - Geosoft Technologies Pvt. Ltd