|
| |
जनचेतना अभियान |
|
| |
|
|
|
व्यक्तिगत घटना दर्ता गरौं
घटना घटेपछि सम्बन्धित गाउँ विकास समिति/नगरपालिका गई निःशुल्क पाइने फाराम भरी घटना दर्ता गरौं ।
घटना दर्ता कसले गर्ने :
· जन्म तथा मृत्युको दर्ता परिवारको मुख्य व्यक्तिले ।
विवाह तथा सम्बन्ध विच्छेद घटना पति पत्नी दुवैले
बर्साई सर्राईको घटना बर्साई सरी जाने घरको मुख्य व्यक्तिले
समाज वा राष्ट्रलाई हुने फाइदा :
· राष्ट्रिय जनसंख्या नीति तर्जुमा गर्न मद्दत पुग्छ ।
· शिक्षा, स्वास्थ्य तथा खानेपानी सेवा उपलब्ध गराउन मद्दत मिल्छ ।
· खाद्यान्न कार्यक्रम संचालन गर्न सहयोग पुग्छ ।
आवासको व्यवस्था मिलाउन सहयोग पुग्छ ।
व्यक्तिलाई हुने फाइदा :
· घटना दर्ताको प्रमाणपत्रलाई मान्यता प्राप्त भएकोले जुनसुकै अड्डा अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिने ।
· आमा, बाबु, उमेश आदिको बैधानिकता हुने ।
· स्कूल भर्ना हुनको लागि सजिलो पर्ने
· नागरिकता प्रमाणपत्र लिन सजिलो हुने ।
· नाता कायम गर्न सजिलो हुने ।
· चल अचल सम्पत्ति नामसारी गर्न सजिलो पर्ने ।
· पति पत्नीबीच वैधानिम सम्बन्ध कायम हुने ।
· जीवन विमा, पेन्सन, उपदान, वृद्धभत्ता वा बैंकबाट रकम झिक्न सुविधा हुने ।
. विदेश जानको लागि भिसा प्राप्त गर्न सुविधा हुने ।
*र्सवसाधारणको जानकारिका लागि जिल्ला विकास समिति, भक्तपुरद्वारा सम्प्रेषित)
|
|
| |
| |
|
|
|
|