View this site in English
      
होमपेज| ईमेल चेक  
 
  जनमत
  जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?

   इन्टरनेट सर्वसुलभ हुनुपर्छ ।
   सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ ।
   कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ ।

सूचनापाटी

जिविस भक्तपुर - २०६८-०४-२४

 
 
महत्वपुर्ण फोन नम्बरहरु
 
  जि.वि.स. एम्बुलेन्स : ६६११०९३ मोवाईल-९८४१३९५१९९
भक्तपुर नगरपालिका एम्बुलेन्स : ६६१३२००
मध्यपुर एम्बुलेन्स : ६६३१०००
नगरकोट सामुदायिक स्वास्थ्य केन्द्र : ६८०००७८
 


  धार्मिक तथा पर्यटकिय स्थलहरु  
     
 

भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरु

१. भक्तपुर दरबार क्षेत्र
भक्तपुर दरवारस्क्वायर ऐतिहासिक दृष्टिकोणवाट मात्र होइन साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ । प्राचिन कालमा मल्ल राजाहरु वसोवास गर्ने गरेको यो क्षेत्रमा ५५ झ्याले दरवार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचिन तथा एतिहासिक दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण कला कृतिहरुको विशाल एवं अनौठो भण्डार विद्यमान रहेको पाइन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुर दरवार स्क्वायर वास्तवमा खुल्ला संग्रालयहरुको रुपमा रहेको छ ।

 

२. नगरकोट

भक्तपुर नगरवाट २० कि.मी. पूर्व नगरकोट गा.वि.स. मा रहेको नगरकोट प्राकृतिक दृष्यावलोकनको लागि उपयुक्त केन्द्र भएकोले रमणीय पर्यटकिय क्षेत्रको रुपमा विकसित भएको पाइन्छ । नगरकोटवाट असंख्य मनमोहक हिमालयका चुचुराहरुका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा पनि देखिन्छ । यहाँवाट देखिने अन्य हिमाल चुचुराहरुमा मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन र रिसोर्ट व्यवसायका लागि पनि प्रसिद्ध छ ।

३. चाँगुनारायण मन्दिर

नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र  प्राचिन  पुरातात्विक शिला  स्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा पर्दछ । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकिय क्षेत्रको रुपमा पनि  महत्वपूर्ण रहेको पाईन्छ । काठमाण्डौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । चाँगुनारायण मन्दिर उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिन्छ । यो मन्दिर राजा हरिदत्त बर्माले ३२३ ए. डि.मा बनाएको भन्ने भनाई पाइन्छ । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो नगरकोटको ट्रेकिङ गर्न तथा काठमाण्डौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।

४.सूर्यविनायक मन्दिर

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गा.विस.मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखरशैलीमा निर्माण भएको पाइन्छ । काठमाण्डौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ । सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ । हरियाली रमणिय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकिय एवं पिकनिक स्थलको रुपमा पनि प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले Bird Watching को लागि पनि क्रमशः प्रसिद्धि पाउँदै आएको छ ।

५. ठिमी
काठमाण्डौबाट १० कि.मी. पूर्व र भक्तपुरनगरबाट ३ कि.मी. पश्चिममा अवस्थित ठिमी प्राचिन सहर हो । प्राचिन साँस्कृतिक सम्पदा र परम्परगत कला कौशलको धनी नगर ठिमी किराँत कालमा निर्माण गरिएको हो । ठिमी आफ्नै विशिष्टिकृत परम्परा, जात्रा, पर्व लोक नृत्य र संगीतको लागि प्रसिद्ध छ । त्यसै गरी सेरामिक्स, टेराकोटा र हस्तकला एवं उपत्यकाकै तरकारी उत्पादनको केन्द्रको रुपमा पनि ठिमीको प्रसिद्धी रहेको छ ।
 
 
     
© वि.सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित
Designed & Developed By - Geosoft Technologies Pvt. Ltd in association with Shangrila Microsystem Pvt. Ltd.